कोरोनाबाट थप १६ जनाको मृत्यु, थपिए २५२६ संक्रमित


कोरोनाबाट थप १६ जनाको मृत्यु, थपिए २५२६ संक्रमित

नेपालगन्ज २१ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो।

Kids Festival 2022
kanti aarogya hospital

यही अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ८ हजार ४२५ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।