बाँकेमा संक्रमित हुनेभन्दा डिस्चार्ज हुने बढे


बाँकेमा संक्रमित हुनेभन्दा डिस्चार्ज हुने बढे

नेपालगन्ज २१ माघ : दिनहुँ कोरोना भाइरस संक्रमित उकालो लागिरहेको बाँकेमा संक्रमित हुने क्रम घट्न थालेकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेद्वारा जारी तथ्यांकमा कोरोना संक्रमित थपिने क्रम घट्दो देखाएकोछ । संक्रमित क्रमिकरुपमा घटेपनि संक्रमणको जोखिम भने उच्च रहेकोछ ।

केन्द्रका अनुसार बाँकेमा रहेका संक्रमितहरु पनि क्रमिकरुपमा निको हुँदै डिस्चार्ज हुनेक्रम बढेकोछ ।

केन्द्रले शुक्रबार जारी गरेको सूचनामा बाँकेमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८९ जना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा कुल पीसीआर परीक्षणका क्रममा ४३ र एन्टिजेन परीक्षणमा ५ जनागरी ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्याबमा कुल ८६ जनाको नमुना जाँच्दा ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

भेरी अस्पतालको प्रयोगशालामा ३० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा १० जना र बागेश्वरी ल्याबमा ३ जना गरि कुल ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै नेपाल–भारत जमुनाह नाकामा २७५ जनाको एन्टिजेन जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित कुल बाँकेमा ४८ जनामा संक्रमण पुष्टि भएकोछ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २५ जना हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७८० पुगेको छ । भने शुक्रबार नै थप ८९ जना डिस्चार्ज हुदाँ बाँकेमा डिस्चार्ज हुनेको संख्या १९ हजार १३६ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४९७ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ३२ जना मध्यम खाले विरामी छन् । एक जनाको भने भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेकाछन् ।