गाँजरको हलुवा


गाँजरको हलुवा

पियूस गुप्ता
लिटिल हंगर, त्रिभुवन चोक, नेपालगन्ज

गाँजरको हलुवा खान कति मजा आउँछ यो स्वाद लिएकालाई पक्कै थाहा छ । गाँजरको हलुवा भन्ने वित्तिकै मुखमा पानी आउँछ । घरमा पाहुना आँउदा होस् वा परिवारका सदस्यलाई नयाँ स्वाद दिन गाँजरको हलुवा निकै फाइदाजनक हुन्छ । आज हामी तपाईहरुलाई गाँजरको हलुवा बनाउने विधिको बारेमा जानकारी दिदैंछौं ।

गाँजरको हलुवा बनाउन चाहिने सामग्री

गाँजर : १ के.जी.
काजु, नरिवल : १ ठूलो चम्चा
किसमिस: १ सानो चम्चा
बटर र ध्यू : २–३ ठुलो चम्चा
खोवा : १०० ग्राम
दुध वा पानी : आधा लिटर
चिनी : १ ठूलो चम्चा

Kids Festival 2022
kanti aarogya hospital

गाँजरको हलुवा बनाउने तरिका

र्सवप्रथम गाँजरलाई पखाली मसिनो धुलोजस्तो बनाउने । यसरी बनाइसकेको गाँजरलाई पानीमा पाक्ने गरि उमाल्ने । उमालिसकेको गाँजरलाई बेस्सरी निचोडेर त्यसको पानी फाल्ने । एउटा भाँडामा घ्यू हाल्ने । घ्यू तातिसकेपछि उमालेर तयारी अवस्थामा राखेको गाँजरलाई भुट्ने । ४–५ मिनेटपछि खोवा, काजु, नरिवल, किसमिस, आवश्यकता अनुसार चिनी हाल्ने र आवश्यकता अनुसार दुध अथवा पानी राख्ने । गाँजर गल्ने गरी पकाएपछि गाँजरको हलुवा तयार हुन्छ । यसरी तयार भएको गाँजरको हलुवामा माथिबाट आवश्यकता अनुसार काजु, किसमिस र धुलो नरिवाल छर्केर सजाउन सकिन्छ । अब तयार भएको गाँजरको हलुवा साथीभाई, परिवारमा पस्केर खान सकिन्छ ।