कोरोना खोप नलगाएका नरैनापुरका एक पुरुषको मृत्यु


कोरोना खोप नलगाएका नरैनापुरका एक पुरुषको मृत्यु

नेपालगन्ज २२ माघ : कोरोना भाइरसविरुद्ध कुनै पनि खोप नलगाएका बाँकेका एक जना पुरुषको मृत्यु भएकोछ ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–२, निवासी ५० वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार कोरोना संक्रमित भइ भेरी अस्पतालमा उपचाररत ती पुरुषको शनिबार विहान ८ बजे मृत्यु भयो ।

भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ वार्डमा उपचाररत ती पुरुष यही माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि माघ ११ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

‘स्वास्थ्यमा सुधार नहुँदा उनको मृत्यु भएको हो’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीले भने –‘कोरोना संक्रमणबाट मृत्यु भएका ती पुरुषले कोरोना भाइरस विरुद्धको कुनैैपनि खोप लगाएका थिएनन् ।’

योसँगै बाँकेका कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४९ पुगेको छ ।