नेपालगन्ज २२ माघ : दैलेख सदरमुकाममा १४ वर्षपछि हिमपात भएको छ । विसं २०५४ माघ महिनामा भिषण हिमपात भए पनि त्यसयता नभएको स्थानीयवासी राधा शाहीले बताए । यसअघि दैलेखको उच्च भूभागमा मात्रै हिमपात पर्ने गरेको थियो ।
बिहीबार रातिदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, तिनचुले, महाबु गाउँपालिकाको महाबु हिमाललगायत जिल्लाका ११ वटै स्थानीय तहको उच्च भूभागमा भारी हिमपात भएको हो । गुराँसे क्षेत्रमा भारी हिमपातले यातायात अवरुद्ध भएको छ ।
नौमुले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरव, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबासलगायत क्षेत्रमा भारी हिमपात भएको हो ।
यस्तै महाबु गाउँपालिकाको काशिकाँध भाग, गैँडाबाज, रानीवन, भैरवी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाइला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पीपलकोट र तिलेपाटा र दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा पनि हिमपात भएको छ ।
गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अवरुद्ध भएको छ । दैलेखदेखि गुराँसे हुँदै सुर्खेतसम्मको यायातात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।
हिउँ परेसँगै जिल्लाभर अत्यधिक चिसो बढेको छ । रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको छ । हिमपात पछि एक्कासि बढेको चिसोले विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्गलाई बढी समस्या भएको छ । -रासस
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी