बाँकेमा घट्न थाले कोरोना संक्रमित, बढ्न थाले डिस्चार्ज हुनेहरु


बाँकेमा घट्न थाले कोरोना संक्रमित, बढ्न थाले डिस्चार्ज हुनेहरु

राजन निरौला

नेपालगन्ज २३ माघ : पछिल्ला केही दिन यता बाँकेमा कोरोना संक्रमित भेटिनेक्रम कम हुँदै गएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार पछिल्ला केहीदिनदेखि बाँकेमा कोरोना संक्रमित भेटिने क्रम घट्दै गएको हो ।

कोरोना संक्रमित निरन्तर कम संख्यामा भेटिरहँदा पनि कोरोना संक्रमणको जोखिम भने यथावत नै रहेको छ । यद्यपी योबीच संक्रमित कम भेटिन थालेपछि जिल्लामा कोरोना जित्नेहरुको संख्या बढ्दो छ ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रका अनुसार बाँकेमा आज ५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै जिल्लाका दुई वटा प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । जुन ४१.९४ प्रतिशत हो । यसमा बाँकेका मात्र ६ जना छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या ४११ छ ।

भेरी अस्पतालको प्रयोगशाला र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको ३१ नमुना परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १० नमुना जाँच्दा ६ र मेडिकल कलेज कोहलपुरमा २१ जनामा ३ जनालाई कोरोना पुष्टि भएको छ ।

केन्द्रका अनुसार भेरी अस्पतालमा आईतबार बेलुकासम्म ३७ जना उपचाररत छन् । ती मध्ये ३४ जना मध्यम, २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।

यस्तै नेपाल–भारत सीमानाका जमुनाहामा ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएकोछ ।