कोरोनाले लियो बाँके बाहिरका ४४३ जनाको ज्यान


कोरोनाले लियो बाँके बाहिरका ४४३ जनाको ज्यान

File Photo

नेपालगन्ज २४ माघ : कोरोना भाइरस संक्रमणका कारण बाँके बाहिरका ४४३ जनाको ज्यान गएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरस संक्रमणको पहिलो लहरदेखी आज सोमबारसम्म ४४३ जनाको ज्यान गएको हो ।

कोरोना संक्रमित भइ बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका संक्रमितको मृत्यु भएको हो । पछिल्लो समयमा मृत्यु हुनेहरुमध्ये अधिकांशले कोरोना विरुद्धको कुनै पनि खोप नलगाएकाहरु छन् ।

यसैबीच, भेरी अस्पतालमा उपचाररत बर्दियाकी एक बृद्धाको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–३ की ६५ वर्षीय बृद्धाको गएराती १० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यही माघ २२ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएकी उनी २२ गते नै कोभिड वार्डमा भर्ना भएकी थिइन् । भेरीको कोभिड वार्डमा उपचाररत ती बृद्धाको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको हो । योसंगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै केन्द्रका अनुसार हालसम्म बाँकेका ३४९ जनाको संक्रमितको मृत्यु भइसकेकोछ ।