११ पटक पनि आम औषधी कार्यक्रम सफल नभएपछि नेपालगन्जमा हात्तीपाईलेको रिप्रिटास सर्भे हुने


११ पटक पनि आम औषधी कार्यक्रम सफल नभएपछि नेपालगन्जमा हात्तीपाईलेको रिप्रिटास सर्भे हुने

File Photo

नेपालगन्ज २४ माघ : राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे नेपालगन्जमा पनि हुने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिने सर्भेक्षणमा तीन सयजनाको रक्त नमूना संकलन गरिने भएको छ ।

५ वर्षभन्दा माथिका ब्यक्तिमा हात्तिपाईले रोग भए नभएको एकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि सर्भे गर्न लागिएको हो ।

बाँकेमा ११ औं पटक आम औषधी कार्यक्रम सञ्चालन भएपनि कार्यक्रम सफल हुन सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका बरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेल सहितको टोलीले सोमबार नेपालगन्ज उपमहानगरपालिकामा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायतले आवश्यक सहयोग गर्ने बताए ।