भोलीबाट मतदाता नामावली संकलन कार्य बन्द


भोलीबाट मतदाता नामावली संकलन कार्य बन्द

नेपालगन्ज २४ माघ : निर्वाचन आयोगले भोली मंगलबारदेखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ । आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नामावली संकलनको काम स्थगित गरेर मंगलबार देखि नै अद्यावधिक गर्ने काम शुरु हुने बताए । ‘भोलिबाट मतदाता नामावली संकलनको काम हुँदैन,’ उनले भने, ‘अद्यावधिक गरेर बाँकी तयारीमा अघि बढ्छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

थप समाचार

स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय