कोरोनाबाट कैलालीकी बृद्धाको मृत्यु


कोरोनाबाट कैलालीकी बृद्धाको मृत्यु

नेपालगन्ज २५ माघ : कोरोना संक्रमित बृद्धाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कैलाली टिकापुर नगरपालिका वडा नम्बर–८ की ६८ वर्षीया बृद्धाको मङ्गलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार यही माघ २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ पाइएकी उनी सोही दिन कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत ती बृद्धाको स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ३४९ जनाको मृत्यु भएको छ ।