कोरोनाबाट फेरि ११ जनाको मृत्यु, थपिए १,९५७ संक्रमित


कोरोनाबाट फेरि ११ जनाको मृत्यु, थपिए १,९५७ संक्रमित

नेपालगन्ज २५ माघ : कोरोना संक्रमणका कारण देशभर थप ११ जना संक्रमितको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको हो । भने यही अवधिमा थप एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् । ३४ हजार ९८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १९८ जना संस्थागत आइसोलेसनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४ हजार २१६ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ भने ९ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जना कोरोना संक्रमित थपिएका छन् । भने मन्त्रालयका अनुसार मङ्गलबार २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।