नेपालगन्ज २६ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ११ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा बाँकेका गरिएको कुल परीक्षणका क्रममा थप २८ जनामा संक्रमण पुष्टि हुदाँ बाँकेका मात्र ११ जनामा कोरोना संक्रमण पाइएको हो ।
केन्द्रका अनुसार पीसीआर परीक्षणबाट २० जना र एन्टिजेन परीक्षणबाट ८ जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८४७ पुगेको छ ।
भेरी अस्पतालको प्रयोगशालामा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ९ जना र बागेश्वरी ल्यावमा ३ जनामा गरि २० जनामा कोरोना पुष्टि भएको छ ।
यी तीन अस्पतालमा ७८ जनाको नमुना जाँच भएको थियो । सोही अवधिमा भारतबाट फर्किने ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३५२ पुगेको छ ।