२४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु


२४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

नेपालगन्ज २६ माघ : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।