बाँकेमा सक्रिय संक्रमित मात्र ३४१ जना


बाँकेमा सक्रिय संक्रमित मात्र ३४१ जना

नेपालगन्ज २७ माघ : पछिल्लो समय निरन्तर उकालो लागेको बाँकेको कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । ओमिक्रोन संक्रमण फैलिएसंगै पुष पहिलो सातादेखि उकालो लागेको बाँकेको संक्रमण दर माघ अन्तिम सातातिर ओरालो झरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार बिहीबार बेलुकासम्म बाँकेमा कुल ३४१ सक्रिय संक्रमित रहेकाछन् । भने भेरी अस्पतालको कोभिड वार्डमा उपचार गराउनेको संख्या पनि कम रहेकोछ ।

भेरी अस्पतालको कोभिड वार्डमा बिहीबार बेलुकासम्म जम्मा २९ जना संक्रमित उपचाररत रहेकाछन् । ती मध्ये २६ जना मध्यम, २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा रहेकाछन् । केन्द्रका अनुसार बिहीबार बाँकेमा थप ४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पीसिआर परीक्षणका क्रममा थप २० जनामा कोरोना पुष्टि भएको छ । जसमा बाँकेका मात्र १२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पतालको प्रयोगशालामा ३० वटा नमुना जाँच्दा १४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा २४ नमुना जाँच्दा ४ जना र बागेश्वरी ल्याबमा ९ नमुना जाँच्दा २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नेपाल–भारत सीमानाका जमुनाहामा ३०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पाइएको हो ।