नेपालगन्ज २८ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप एक हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।