नेपालगन्ज २८ माघ : बाँकेको जानकी गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यबहाक अध्यक्ष भुमिसरा धितालले शुक्रबार संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
दुई वर्षमा सम्पन्न गर्ने गरी बोलकबोलमा हिम सगरमाथा र अनक निर्माण सेवाले संयुक्त रुपमा ११ करोड ४४ लाख १ हजार १३२ रुपैयाँमा सो भवन निर्माणको संझौता गरेका छन् ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर– ४ हालको गाउँपालिका रहेको स्थानमा सो भवन निर्माण गर्न लागिएको हो । हरेक नागरिकलाई सुलभ र निःशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकोले अस्पताल निर्माण पश्चात यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा पाउने सभासद गौतमको भनाइ रहेको छ ।
जानकी गाउँपालिकामा अधिकांश मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको र उनीहरुको पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चताका लागि अस्पताल निर्माण लागिएको कार्यबहाक अध्यक्ष धितालको भनाई छ ।
हामीले निर्वाचनमा बाचा गरेका सबै विकास निर्माणका काम र पूर्वाधारका कार्यहरु यस आर्थिक वर्षमा पुरा गर्ने छौं धितालले थपिन् ।
अस्पताल निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीको अथक पहलबाट कार्यसम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनले अस्पताल निर्माण निर्धारित समयमै सम्पन्न गराउन गाउँपालिका परिवार लाग्ने बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी