कोरोना संक्रमित बाँके गाउँका एक बृद्धको मृत्यु


कोरोना संक्रमित बाँके गाउँका एक बृद्धको मृत्यु

नेपालगन्ज २९ माघः भेरी अस्पतालमा उपचारत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९, बाँकेगाउँका एक बृद्धको मृत्यु भएको छ ।

कोरोना संक्रमित ती बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँका निवासी ८४ वर्षीय बृद्धको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यही माघ १८ गते कोरोना संक्रमित भइ उनी भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । अस्पतालको सघन कक्षमा राखेर उपचाररत ती बृद्धको स्वास्थ्यमा सुधार नआउँदा गएराती मृत्यु भएको केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार मृतक ती बृद्धले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका थिए । योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या ३५० पुगेको छ ।