नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्न थाल्यो


नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्न थाल्यो

नेपालगन्ज २९ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार भन्दा कम कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार २४ घण्टामा २८८८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।