खुले शैक्षिक संस्था, कोरोनाको जोखिम कायमै


खुले शैक्षिक संस्था, कोरोनाको जोखिम कायमै

File Photo

नेपालगन्ज १ फागुन : कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका देशभरका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार आजबाट शैक्षिक संस्थामा भौतिकरुपमा पठन–पाठन शुरु भएको हो ।

त्यसो त बाँकेका केही विद्यालयहरु माघ मसान्तबाटै सञ्चालनमा आएका थिए । नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रका विद्यालय सञ्चालनमा रहेका थिए । विद्यार्थीको परीक्षा, ट्यिुसन तथा कोचिङ्ग छ भन्दै सञ्चालनमा ल्याइएको थियो । भने केही विद्यालयले विद्यालय पोशाक विनै विद्यार्थीलाई बोलाएर अध्यापन समेत गराएका थिए ।

सीसीएमसीले विश्व विद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिश गरेको थियो ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिश गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सकिने भएको छ । त्यस्तै, आजबाट रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन हुनेछन् ।

डान्सबार, दोहोरी, नाँचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

शैक्षिक संस्था, खेलकुद क्षेत्र, डान्सबार, जिमखाना र सिनोमा हल लगायत खुले पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले उच्च स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरिएकोछ ।