कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण


कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण

नेपालगन्ज १ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।