डुडुवाका अध्यक्ष चौधरीद्वारा जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण


डुडुवाका अध्यक्ष चौधरीद्वारा जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

डुडुवा (बाँके) १ फागुन : डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो ।

जेष्ठ नागरिकसंगै अपांगङ्ता भएकाहरुलाई पनि आज आईतबार सामाजिक सुरक्षा भत्ता र न्यानो सामाग्री वितरण गरिएको छ । वडा नम्बर–२ र ३ का पुर्ण अशक्त र अति अशक्त अपांगता भएका (क) र (ख) वर्गका अपांङ्ता भएका १ सय ७ जनालाई न्यानो सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले अहिलेसम्म दुई हजार ६ सय ३ जनालाई न्यानो सामाग्री वितरण गरिसकेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

गाउँपालिकाको वडा नम्बर–१ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यावनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो ।

गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक–एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि घरैसम्म पुर्याउने गरिएको छ ।

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जना र ३ सय ३८ जना अपाङ्गता भएकाहरुलाई कम्बल र च्यवनप्राश वितरण गरिने गाउँपालिकाले जनाएको छ । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन् ।