८ जनाको मृत्यु हुँदा ७४७ संक्रमित थपिए


८ जनाको मृत्यु हुँदा ७४७ संक्रमित थपिए

नेपालगन्ज १ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यही अवधिमा ७४७ जनामा संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै यही अवधिमा दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।