२ जना वित्दा ६८० जनामा कोरोना पुष्टि


२ जना वित्दा ६८० जनामा कोरोना पुष्टि

नेपालगन्ज ३ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने यही अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भउको छ ।

मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार डढड पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ भने ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।