कोरोनाबाट थप ३ जनाको मृत्यु, थपिए ६३९ जना संक्रमित


कोरोनाबाट थप ३ जनाको मृत्यु, थपिए ६३९ जना संक्रमित

नेपालगन्ज ४ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप ३ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । योसंगै नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । भने हालसम्म ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका १८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।