बाँकेका ७ जनालाई कोरोना पुष्टि


बाँकेका ७ जनालाई कोरोना पुष्टि

नेपालगन्ज ४ फागुनः बाँकेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार बाँकेमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसमध्ये बाँकेका ७ जना रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०३ पुगेको छ ।

केन्द्रका अनुसार पीसीआर परीक्षणबाट १६ र एन्टिजेन परीक्षणबाट २ गरी १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका तीनवटा प्रयोगशालामा ७७ जनाको नमुना जाँच भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा १२ जना र बागेश्वरी ल्यावमा १ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै नेपाल–भारत सीमा नाका जमुनाहमा भारतबाट फर्किने १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका विभिन्न अस्पताल तथा आईसोलेसनबाट थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४८७ पुगेको छ ।