४१५ नमुना जाँच्दा बाँकेका ५ जनामा कोरोना


४१५ नमुना जाँच्दा बाँकेका ५ जनामा कोरोना

नेपालगन्ज ५ फागुनः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०८ पुगेको छ ।

बाँकेका तीन वटा प्रयोगशालामा कुल ७५ जनाको नमुना र ३४० जनाको एन्टिजेन जाँच गर्दा बाँकेका ५ जनामा कोरोना पुष्टि भएको हो ।

केन्द्रका अनुसार पीसीआर परीक्षणबाट १० र एन्टिजेन परीक्षणबाट ३ गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालाबाट २ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ जना र बागेश्वरी ल्यावबाट ३ जना गरि कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी तीन वटा प्रयोगशालामा ७५ जनाको नमुना जाँच गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै सीमानाका जमुनाहमा भारतबाट फर्किने ३४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४९८ पुगेको छ ।