नेपालगन्जका ६ सय विद्यार्थीलाई हिमानी कोषको सहयोग


नेपालगन्जका ६ सय विद्यार्थीलाई हिमानी कोषको सहयोग

नेपालगन्ज ७ फागुनः हिमानी कोषको आयोजनामा नेपालगन्जमा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको छ ।

कोषको आयोजनामा शनिबार नेपालगन्जमा भएको कार्यक्रममा कोषकी उपाध्यक्ष अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र शाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले नेपालगन्जका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ सय विद्यार्थीहरुलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरे ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाका अनुसार नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारीटोल र पाटेश्वरी आधारभुत विद्यालयका ६ सय विद्यार्थीहरुलाई पानी स्वत ः प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो ।

सो अवसरमा नगर प्रमुख राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाईकटाई तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही लगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गरेका थिए ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवास लगायतको कार्यक्रममा सहभागिता थियो ।

रानी कोमल शाहको ७१ जन्मोत्सवका अवसरमा हिमानी कोष उक्त कार्यक्रम गरेको हो । कोषको उक्त कार्यक्रमका लागि कोषका उपाध्यक्ष अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र शाहज्यादी दिलाशा राज्यलक्ष्मी राणा हिजो शुक्रबार बेलुका नेपालगन्ज आएका हुन् ।