नेपालगन्ज ७ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३५० जनामा कोरोना संक्रमण पुष्टि हुदाँ थप चार जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षणमा १९८ जना र तीन हजार ५५८ एन्टिजेन परीक्षणमा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।