भेरोसेल खोप लगाएकी बर्दियाकी महिलाको उपचारका क्रममा निधन


भेरोसेल खोप लगाएकी बर्दियाकी महिलाको उपचारका क्रममा निधन

नेपालगन्ज ८ फागुनः भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएकोछ ।

बर्दियाको बढैयाताल गाउँपालिका–९ की ३६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

गत माघ २ गते कोरोना भाइरस संक्रमित भइ उनी त्यसैदिन नेपालगन्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकी उनको गएराती मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४४७ पुगेको छ ।