कोरोनाबाट ४ जनाको मृत्यु


कोरोनाबाट ४ जनाको मृत्यु

नेपालगन्ज ८ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण थप ४ जनाको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभर २६२ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ थप चार जनाको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।भने ४९० जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आईतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ । भने ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।