डुडुवाका ७२ वटा बालविकास केन्द्रलाई सामाग्री वितरण


डुडुवाका ७२ वटा बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवा (बाँके) ८ फागुन : डुडुवा गाउँपालिका अन्र्तगत सञ्चालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

डुडुवा गाउँपालिकाको वडा नम्बर– १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

डुडुवा–२ स्थित लालीगुँरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताए ।

उनले गाउँपालिकाले साना नानीबाबुहरुको शिक्षातर्फ पढ्ने बानी विकासका लागि बालविकास केन्द्रको पढाई प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको सञ्चालन नियमित र प्रभावकारी बनाइएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनुसार प्रभावकारी व्यवस्थापन गरि नियमित रुपमा सञ्चालनमा ल्याइएको बताए । यो सामाग्रीले बालबालिकाहरुलाई बसेर पढ्न तथा खेल्नका लागि सहयोग गरेको शिक्षा शाखाले जनाएको छ ।