नेपालगन्ज ८ फागुन : बाँके स्वतन्त्रबासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरेपछि एकाएक बाँकेको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएकोछ । नेपालगन्जस्थित त्रिभुवनचोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना मात्र गरिएको छैन दुई दिनदेखि लगातार शालिक परिसरमा युवाहरुले पहरा दिइरहेकाछन् ।
शनिबार बिहान सालिक राखेका बाँके स्वतन्त्रबासी समुह र राजसंस्था समर्थित युवाले शनिबार रातभर पहरा दिए । शालिक हटाउन माथिबाट निर्देशन आएको हल्ला चलेपछि युवाहरुले शालिक परिसरमै आगो बालेर रातभर जागा बसेका थिए । त्यसैगरि आज आईतबार पनि उक्त युवाको समुह रातभर जागा बसिरहेकाछन् ।
राजसंस्था समर्थितले वीरेन्द्रचोकमा पनि सालिक राख्ने उद्घोष गरेपछि प्रहरीले शालिक राख्न नदिने भन्दै वीरेन्द्र चोकमा पहरा दिएको हो । चोकमा ठूलो संख्याका प्रहरी खटिएका छन् ।
नेपालगन्जका विभिन्न चोकको राजा र नेताहरुको नाममा नामाकरण गरेर शालिक राखिएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजाको शालिक तोडिएका थिए । नेताका शालिक भने सुरक्षित छन् । २०६२/६३ सालको जनआन्दोलनमा फालिएका राजाका शालिक पुनःस्थापना गर्ने प्रयास भइरहेको छ ।
त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको खुसियालीमा शनिबार बेलुका दीप प्रज्वलन गरियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाको नेतृत्वमा दीपप्रज्वलन गरिएको हो ।

दीप प्रज्वलनका क्रममा विभिन्न दल सम्बद्ध नेता, राजसंस्थाका समर्थक, सर्बसाधारण लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो । सो क्रममा बोल्दै मेयर राणाले स्वर्गीय राजा त्रिभुवनको शालिक हटाउने दुस्साहस नगर्न चेतावनी समेत दिएका थिए ।
राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएसंगै यतिबेला आम सर्बसाधारणले शालिक पुर्नस्थापना भएकोमा खुसी ब्यक्त गर्दै सेल्फी समेत खिचिरहेका छन् ।
बाँके प्रहरीले शालिक राख्ने र हटाउने सम्बन्धमा सबै पक्षसँग छलफल चलाउने जनाएको छ ।
यसैबीच, शनिबार राजा त्रिभुवनको शालिक पुर्नस्थापना भएसंगै बाँकेका नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका केही राजनीतिक दललाई यो कुरा पचेको छैन ।
आईतबार नेकपा माओबादी, जसपा, नेकपा एस र जनमोर्चा लगायत राजनीतिक दलको बैठक बसेर त्रिभुवन चोकमा पुर्नस्थापित गरिएको शालिक हटाउने सामुहिक निर्णय समेत गरेकाछन् । राजा त्रिभुवनको शालिक हटाउनका लागि भोली सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र दिने तयारी भएको बैठकमा सहभागि एक जना नेताले जानकारी दिए ।
त्रिभुवन चोकमा रहेका राप्रपका सहायक महामन्त्री ऋषीराज देवकोटाले जनताको माग र ईतिहास जोगाउन देशभक्त राष्ट्रबादी युवाहरु सशक्तरुपमा अघि बढ्ने बताए । उनले राजा त्रिभुवनको शालिक पुनः स्थापनाले ईतिहासको संरक्षण गरेको बताउँदै कुनै पनि बहानामा त्रिभुवन चोकमा राखिएको राजा त्रिभुवनको शालिक हटाए यसका विरुद्ध सशक्त ढंगबाट सामना गर्ने बताए ।
थप समाचार
नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक राखियो, हटाए कडा प्रतिकार गर्ने चेतावनी
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?