नेपालगन्ज ९ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार २२५ पीसीआर परीक्षण गर्दा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।