कोरोना संक्रमित दरमा सुस्तगतिमा बृद्धि, ३ जनाको मृत्यु


कोरोना संक्रमित दरमा सुस्तगतिमा बृद्धि, ३ जनाको मृत्यु

नेपालगन्ज १० फागुन : निरन्तर ओरालो लागेको कोरोना संक्रमितको दर मङ्गलबारबाट उकालो लाग्न थालेकोछ ।

यसअघि तीन सयभन्दा कम संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ भने ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् ।