जानकी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्यायो


जानकी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्यायो

जानकी (बाँके) १० फागुन : जानकी गाउँपालिकाले सर्वसाधरणका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले मङ्गलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

सहज र सुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समार्फत गाउँपालिकाका स्थानीय नागरिक सहजरुपमा सेवा दिइनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले एक कार्यक्रमकाबीच पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गरेकी हुन् । उनले एम्बुलेन्स सञ्चालनमा आएसंगै गाउँपालिकामा यो अभाव टरेको बताईन ।

गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिकलगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।