थपिए २७५ जना संक्रमित, एक जनाको मृत्यु


थपिए २७५ जना संक्रमित, एक जनाको मृत्यु

नेपालगन्ज १३ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार २६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २५४ जना संस्थागत आइसोलेसनमा छन् ।