नेपालगन्ज १४ फागुनः कोरोना संक्रमित मुगुका एक पुरुषको निधन भएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत छायाँनाथ रारा नगरपालिका वडा नम्बर– ७ मुगु निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उनले यही फागुन १ गते पीसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । त्यसपछि फागुन ४ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको ओलीले बताए ।
यो सँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ४ सय ४९ जना र बाँकेका ३ सय ५२ जनाको संक्रमणबाट मृत्यु भएको छ ।