हात्तीपाइले औषधी सेवन अभियानका लागि डुडुवामा रणनीति तयार


हात्तीपाइले औषधी सेवन अभियानका लागि डुडुवामा रणनीति तयार

डुडुवा (बाँके) १४ फागुन : राष्ट्रिय हात्तीपाइले रोगनिवारण कार्यक्रम आमऔषधी सेवन अभियान यस वर्ष पनि शुरु हुने भएको छ । अभियान सफलबनाउनका लागि डुडुवा गाउँपालिकाले आज शनिबार पालिकास्तरीय योजनातर्जुमा गोष्ठी गरेको छ ।

कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निधारर्ण, अनुगमन लगायतका बुँदालाई समाबेश गरि विशेष रणनीति निमार्ण गरिएको हो ।

औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको रणनीति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्यशाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार डुडुवामा यही फागुन २८ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।

एक हप्तासम्म सञ्चालन गरिने अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । यस वर्ष उचाईका आधारमा औषधी खुवाइनेछ । यस वर्ष आइभर मेट्रिन नामक औषधि थपिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

ग्रामीण क्षेत्रमा अशिक्षाका कारण अधिकांश नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हाँसिल गर्न नसकिएको हो । यस वर्ष औषधी सेवनका लागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भूमिका खेल्ने जोड दिइएको छ ।

कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, परशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावति यादव, सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।