नेपालगन्ज १५ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।
कुल ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन् ।
संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ ।