नेपालगन्ज १७ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ, भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ । जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७५ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ । भने नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ भने ९ लाख ५७ हजार १६७ जना संक्रमणमुक्त भएका छन् ।