नेपालगन्ज १८ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् ।
यस्तै हालसम्म ११ हजार ९४१ जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन्, भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।