खजुराका ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच


खजुराका ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच

नेपालगन्ज १९ फागुन : बाँकेको खजुरा गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालनमा आएकोछ । जनतासँग स्थानीय सरकार कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि बिहीबारदेखि निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बिहीबार वडा नम्बर–८ बाट आँखा शिविरको औपचारिक शुभराम्भ गरे । निःशुल्क आँखा शिविर खजुरा गाउँपालिकाका सबै वडामा सञ्चालन हुनेछ ।

सोक्रममा कक्षपतिले पालिकाले दिएको निःशुल्क आँखा जाँच र औषधि सेवा लिन गाउँपालिकाका सबै ज्येष्ठ नागरिकलाई आग्रह गरेका थिए ।

विगतका वर्षहरुमा पनि आँखा शिविरका साथै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियोे । अध्यक्ष कक्षपतिले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेला बेलामा यस्ता शिविर गरिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललगायतको सहभागिता रहेकोे थियोे ।

नेपालगन्जको भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालनमा आएकोछ । बिहीबार वडा नम्बर– ८ का १६५ जनाको आँखा निःशुल्क जाँच गरिएको छ । भने सोक्रममा २९ जनाको आँखा शल्यक्रिया गर्नुपर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार शल्यक्रिया पनि निःशुल्क गरिनेछ ।