कोरोनाबाट देशभर थप ३ जनाको मृत्यु


कोरोनाबाट देशभर थप ३ जनाको मृत्यु

नेपालगन्ज १९ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार यही अवधिमा थप ३२० जना कोरोना संक्रमणमुक्त भएका छन्, भने हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४३ पुगेको छ भने ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।