नेपालगन्ज : विश्व रक्तदानका अवसरमा बृहत रक्तदान गरिएकोछ । नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्जले बृहत रक्तदान गरेको हो ।
आश्रमद्वारा आयोजना गरिएको बृहत रक्तदानमा ८१ जनाले रक्त दान गरेकाछन् । जसमा ७१ जना पुरुष र १० जना महिलाले रगत दान गरेका छन् ।
रगतको अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भन्दै उक्त रक्तदान कार्यक्रम गरिएको हो । रगत दान गर्ने कार्यमा सवैलाई अग्रसर गराउनका लागि आश्रमले नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चारसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
हरेक वर्ष विश्व रक्तदान दिवसका अवसरमा नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल नेपालगन्जले रक्तदान कार्य गर्दै आएकोछ ।