पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन


पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन

नेपालगन्ज २६ फागुन : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको छ ।