पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बजारमा


पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बजारमा

File Photo

नेपालगन्ज २८ फागुन : अभिनेता एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याइएको हो ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन् ।

भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ ।

राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन् । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागाएपछी उनी तनहुँँ प्रहरी हिरासतमा छन् ।

हेर्नुहोस पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ भिडियो