नेपालगन्ज ३० फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जाती र समुदायलाई भिडाएर ठुला दलले मुलुकलाई अराजकतातर्फ धकेलेको आरोप लगाए । नेपालगन्जमा आईतबार आयोजित आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ठुला दलले गरेको गल्तीका कारण आसन्न निर्वाचनमा देशभर राप्रपाको लहर चलेको दाबी गर्दै उनले आफ्नो दललाई हलो चुनाव चिन्ह नदिएमा आसन्न स्थानीय चुनाव बहिस्कार गर्ने चेतावनी दिए ।
राप्रपाले कहिल्यै पनि राष्ट्रघाती काम नगरेको भन्दै अबको निर्वाचनमा राप्रपालाई जनताले जिताउनेछन् उनले भने–‘यो जिम्मेवारी जनताको काँधमा आएकोछ, राप्रपाले नै यो देशमा समृद्धि ल्याउनेछ ।’
हिन्दु राष्ट्र र राजसंस्था राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यि दुबै विषयमा राप्रपाले निरन्तर रुपले वकालत गर्दै आएको उनले प्रष्ट्याए ।
एमसिसीलाई अहिले सामान्य लागेपनि भविष्यमा यसले राष्ट्रियतालाई खतरामा पर्ने धारणा राखे । ‘ठुला राजनीतिक दलले जसरी एमसिसीलाई संसदबाट पास गरे, तर म एक्लै भएपनि संसदभित्र एमसिसीको विरोध गरेको हुँ,’ अध्यक्ष लिङ्देनले भने ‘जनताले हामीलाई जिताएको भए संसदमा हामी राष्ट्रियताको विषयमा सशक्त रुपले प्रस्तुत हुन्थ्यौं र राष्ट्रघाती निर्णय गर्न दिने थिएनौं ।’
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त सभालाई पार्टीका केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलसम्शेर राणा र कुन्तीकुमारी शाही, पुर्वमन्त्रीद्वय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य एवम् अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।
सोक्रममा विभिन्न पार्टी त्याग गरि एक हजार बढि राप्रपामा प्रवेश गरेका सहायक महामन्त्री ऋषीराज देवकोटाले जानकारी दिए ।
थप समाचार
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?