खजुरा क्यान्सर अस्पतालमा हाइमास्ट लाईट जडान गरिदैँ


खजुरा क्यान्सर अस्पतालमा हाइमास्ट लाईट जडान गरिदैँ

नेपालगन्ज १ चैत्रः सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल बिकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट लगाउने निर्णय गरेको छ । मंगलबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको हो ।

नव नियुक्त अस्पताल बिकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेसंगै सकारात्मक चर्चा बटुलिरहेको बेला अस्पताल बिकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत र साधारण र आजिवन सदस्यहरुलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णय गरेको क्यान्सर अस्पताल बिकास समितीका अध्यक्ष किशोर थापाले जानकारी दिए ।

‘खजुरा क्यान्सर अस्पताल निर्माणको सुरुवातदेखि नै आर्थिक तथा अन्नदान गरि निर्माण र हालसम्मको अवस्थामा ल्याउन संस्थापक सदस्यहरु तथा साधारण र आजिवन सदस्यहरुको योगदानलाई कदर गर्दै हामिले यो निर्णय गरेका हौं’ अध्यक्ष थापाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकपछि अस्पताल बिकास समितिका अध्यक्ष किशोर थापाले कुरा गर्दै अस्पतालमा हाईमास्ट लाइटको आवश्यकता महसुस भएकोले अस्पताल हातामा हाईमास्ट लाइट राख्ने निर्णय गरेका छौँ, जसले अस्पतालको सेवामा टेवा पुग्ने बिश्वास लिएको बताएका छन् ।