आज र भोली होली, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह


आज र भोली होली, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह

File Photo

नेपालगन्ज ३ चैत्र : आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ ।

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईका जिल्लाहरुमा भने भोलि शुक्रबार भव्यताका साथ मनाइन्छ ।

मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । नेपालमा पहाड र हिमाली जिल्लामा चैत्र ३ गते आज र तराईमा भोली ४ गते यो चाड मनाइन्छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

होलीको पूर्वसन्ध्यामा नेपालगन्जका चोक–चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउँ छन् । बालकदेखी बृद्धासम्मलाई होलीको उमङ्गले एकदिन अघि नै छोइसकेकोछ । नछोयोस् पनि किन, कोरोना
महामारीका कारण पछिल्लो दुई वर्षदेखि खुलेर होली मनाउन नपाएका उनीहरुले यसपटक उल्लासमयरुपमा मनाउने तयारी गरेकाछन् । कोरोना भाइरस संक्रमणको अवस्था स्थिरजस्तै भएपनि संक्रमणको जोखिम भने कायमै छ ।

होलीको पूर्वसन्ध्या हिजो बुधबार नेपालगन्ज तथा आसपासका विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिती जनाइसकेकोछ । विद्यालय तथा कलेजको गेटबाट बाहिरिदै गरेका विद्यार्थीहरु रंगिन अनुहार लिएर निस्किका थिए । कतिपयले सडकमै साथीभाईलाई अविर र रङ्ग लगाई शुभकामना साटे ।

साथीहरुसँग होलीको दिन भेट नहुन सक्ने भन्दै बिद्यार्थीले समय अगावै होली मनाएको विद्यार्थी बताउँछन् । होली प्रेम, मित्रता र सद्भावको पर्व भएकोले आफ्ना साथीसँग बिद्यालयमा होली खेलेर प्रेम साटासाट गरेको होली मनाइरहेका बिद्यार्थीले बताए । स्कुल पोशाकमै गएका बिद्यार्थीहरु घर फर्किदा रंगिबिरंगी बनेर फर्कीए ।

होलीको पूर्व सन्ध्यामा नेपालगन्जका चोक–चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउ भएकाछन् । सामाग्री खरिद विक्रीमा ब्यापारिले आफ्नो पसल सजाएकाछन् । उत्तिकै मात्रामा ग्राहकको पनि भीड लागिरहेकोछ । बालकदेखी बृद्धासम्म होलीको उमङ्ग उत्साहित बनेकाछन् ।

धार्मिक तथा साँस्कृतिक सद्भावसंग जोडिएको होली पर्वले बैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्छ । नेपालको पहाडी जिल्लामा होली चाड यहि चैत्र ३ गते (आज) बिहीबार मनाईदैछ भने त्यसको दोस्रो दिन तराईमा अर्थात चैत्र ४ गते शुक्रबार फागु पूर्णीमा मनाइँदैछ ।