नगरमा फोहर थुप्रिएपछि डम्पिङ्ग क्षेत्र खोज्दै कोहलपुर


नगरमा फोहर थुप्रिएपछि डम्पिङ्ग क्षेत्र खोज्दै कोहलपुर

कोहलपुर ५ चैत्र : कोहलपुर क्षेत्रमा फोहर थुप्रिदैँ गएपछि यतिबेला कोहलपुर नगरपालिकाले यसको दीर्घकालिन ब्यवस्थापनका लागि चासो देखाएकोछ ।

कोहलपुर नगरपालिकामा करिब दुइ सातादेखि फोहोर उठन सकेको छैन । फोहोर उठाउँदै आएको जटायुले बिभिन्न कारण देखाउँदै फोहोर उठाउन छाडेपछि फोहरको थुप्रोले कोहलपुर क्षेत्र दुर्घन्धित र अब्यवस्थित बन्दा नगरबासीले आलोचना गर्दै सामाजिक सञ्जालमा समेत फोहरका फोटोहरु सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमै कोहलपुर क्षेत्रमा थुप्रिएका फोहरको तस्विरले नगरको परिचय र स्वास्थ्यमा परेको असरबारे ब्यापक आलोचना हुदैँ आएको छ ।

सर्वसाधरणको विरोध र नागरिकको स्वास्थ्यमा गम्भीर नबनेको भन्दै आरोप खेपिरहेको कोहलपुर नगरपालिकाले नगरपालिका भित्र अब्यबस्थित रुपमा थुप्रिएका फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि भन्दै सरोकारवालहरु बीच छलफल गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा भएको सर्बदलिय छलफलमा बिगतमा भएको फोहोर ब्यवस्थापनको जिम्मा पाएको जुटायुको बिषयमा नगरपालिकाबाट भएका सम्झौतामा नगरपालिका चुकेको नगर प्रमुख रातवले स्विकारे ।

जटायुको बदमासीका कारण सिर्जित परिस्थितीलाई पार लगाउन नगरको फोहोर ब्यवस्थापनका लागि दीर्घकालिन समाधान खोजी कदम चाल्ने नगर प्रमुख रावतको भनाई छ ।

सर्बदलिय सर्बपक्षिय छलफलमा कोहलपुर क्षेत्रमा रहेको फाहोरलाई दीर्घकालीन रुपमा समाधानको लागि डम्पिङ्ग क्षेत्र खोज्न सरोकारवाल निकायहरुले जोड दिएको थिए ।

कोहलपुर नगरपालिकाको सरस्वती सामुदायिक वनमा फोहोर ब्यबस्थापन गर्न सकिने उपयुक्त स्थान भएको उक्त छलफलमा बताइएको थियो । यसका लागि बिभिन्न चरणमा सरस्वती सामुदायिक वनसँग छलफल भइरहेको तर, केही कुराहरु मिल्न नसकेको छलफलमा बताइएको थियो ।

फोहोर ब्यबस्थापनको लागि नगरपालिकाले सरस्वती सामुदायिक वनलाई मासिक एक लाखसम्म दिने बताएको छ । आईतबारदेखि नै कोहलपुरमा फोहोर ब्यवस्थापन हुने बताइएको छ ।

छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा समाजबादी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष , ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, ईलाका प्रसाशन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।